नेपाली चिकित्षा शास्त्रका विद्यार्थीद्वरा प्रकाशित ” एनाटोमी एबडोमेन”(Anatomy Abdomen) पुस्तक बंगलादेशमा बिमोचन
मिति १३ जनवरी २०११,
बंगालदेश चट्गाउ यू.यस.टि.सी (USTC) एम.वी.वी.एस चौथो वर्षमा अध्यनरत नेपाली छात्र गिर रोदन एम.सी द्वरा प्रकाशित पुस्तक " एनाटोमी एबडोमेन" को बिमोचन कारेक्रम फोयज लेक चट्गाउमा सम्पन्न भएको छ l कारेक्रमका प्रमुख अतिथी माननीय सभासद तथा भूतपूर्व बातावरण,बिज्ञान तथा प्रविधी मन्त्रि श्री मान बहादुर विश्वक्रमाले उक्त पुस्तक बिमोचन गर्दै गिर रोदन एम.सी द्वारा प्रकाशित तेस्रो पुस्तक " एनाटोमी एबडोमेन" चिकिताषा शास्त्रका बिद्यार्थीलाई निकै नै लाभ दायक हुने र यसको नेपालमा पनि बेबस्था गर्न सके अति उत्तम हुने बताउनु भयो l
कनेक्टिकटमा ठुलो हिउहुरी को चेतावनी!!
सुनमाला सम्बाददाता,
कनेक्टिकटमा स्थानिय समय अनुसार आज मध्य रात देखी भोली बुधवार साझ सात बजे सम्म ठुलो हिउहुरी पर्ने द वेदर च्यानल ले जनाएको छ । मंगलवार मध्य रात देखी बुधवार बिहान सम्म प्रति घण्टा २ देखी ३ ईन्च सम्म बाक्लो हिउ पर्न सक्ने छ भने जम्मा हुने सतह १२ देखी १६ ईन्च सम्म
नागरिक न्युज हावा भयो !
-ॠषभ आत्रेय -
काठमन्डौमा रत्नपार्क, बसपार्क तथा बागबजार वरीपरि ठुलो स्वोरमा चिच्याउदै एक जना पत्रीका बेच्ने दाई खुट्टा फाली फाली उफ्रन्थे "ल खत्तम ल खत्तम आज राती मावोबादी ले राजधानी हान्ने रे !" एक हुल मान्छे हरु पत्रीका को वरीपरी झुम्मिन्थे कतिले साच्चिकै हो कि भनेर किन्थे पनि कतिले रमिता हेरेर रमाइलो मान्थे । "गिरजा प्रसाद को मृत्यु" तेस्तै होहल्ला गर्दै पत्रीका धमाधम बेच्थे पढ्दै जाँदा अर्कै थर भएका कुनै गाउका गिरिजा प्रसाद को मृत्यु को समाचार हुन्थियो । यो एक किसिमको काठमाडौंको दैनिकी पनि हो । यसरी बेचिने खास गरेर दिनमा आउने पत्रीका मा समाचार को शीर्षक के के न होला जस्तो तर समाचार फास्स न फुस्स हुन्छ । तर यसरी पाठक लाई उल्लु बनाए पनि त्यस्ता पत्रीकामा कसैले खासै गुनासो गरेको भने पाईदैन बरु रमाइलो को रुपमा मात्र हेरिएको पाईन्छ ।

तर कुरा त्यस्ता हावा पत्रीका को होइन नागरिक न्युज जस्तो देशको जिम्मेबार पत्रीका र जिम्मेबार पत्रकारहरुले चलाएको संचार गृह को हो
यसपाली को देउसी-भैली
-sunmala.com-
"जसो गर जे गर जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो" भने जस्तो संसार भरी छरिएर रहेका नेपालीले यस पटक को देउसी भैली पनि आ-आफ्नो अनुकुल मिलाएर मनाएका छन । तिहार सकिय लगत्तै यु-टुब जस्ता सामाजिक भिडियो सन्जालमा संसार भरी बाट देउसी भैली को भिडियो हरु अप्लोअड भैरहेका छन । ति मध्य केही यहाँ इम्बेड सुबिधा प्रयोग गरेर रखिएको छ ।
अन्तरबार्ता :बिश्वो साइकल यात्री लोक बन्धु कार्की सँग
बिश्वो समुदाय ले नेपाल र नेपालीलाई कसरी चिन्दछ ? ८२ राष्ट्र साइकलमा घुम्दाका तिता मिठा अनुभब, बिश्वो शान्ती र बन्धुत्व को लागि बिश्वो साइकल यात्रा गरिरहनु भएका लोक बन्धु कार्की सँग Nepalese Association of Connecticut (NAConn), Connecticut का सदस्य अर्जुन दाहाल ले गर्नु भएको कुराकानी ।
बिश्वो साइकल यात्री कार्कीको कनेक्टिकटमा अभिनन्दन
बिश्वो साइकल यात्रा रहरको होइन शाहसिक काम हो । बिश्वो साइकल यात्री लोक बन्धु कार्की को कुरा सुनेपछी यस्तै लाग्छ । ८२ ओटा देश साइकलमा घुम्दाका अनुभब रमाइलोमात्र होइन पिडादाई तथा डरलाग्दा पनि छन ।कति ठाउमा त लौ भगवान मलाई रक्षा गर मलाई अहिले मर्न त मन छैन भनेर भगवान को प्रार्थाना पनि गर्नु परेको तिता मिठा अनुभब कार्की सँग छन ।
तीतो सत्यका कलाकार कनेक्टिकटमा
-sunmala-
update:
कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा दिपक राज गिरी , दिपाश्री निरौला र ट्य्वाकेन्द्र हिहिही ले दर्सकलाई प्रसस्त मनोरन्जन दिएका थिए भने गायक एम बराल तथा गयिका नलिना चित्रकारले दर्शकलाई नचाउन सफल भएका थिए । कार्यक्रम को भिडियो तथा फोटोको लागि यो लिन्कमा क्लिक मार्नु होला ।
Photos
Videos
नेपाली नारीहरुको महान चाड तिज कार्यक्रम सम्पन्न
-sunmala-
Nepalese Association of Connecticut (NAConn), Connecticut , USA ले सेप्टेम्बर ५ तारिकमा नेपाली नारी हरुको महान चाड तीज 2010 Bollywood Grill, Glastonbury को हल मा धूम धामका साथ मनाएको छ । करिब २-३ सय जना नेपालीहरु सहभागिता रहेको सो कार्यक्रममा नेपाली महिला दिदी बैनी हरु तीजको गीतमा धुमधाम सँग नाचगान गरेका थिए । NACoon का सचिब तिलक मल्लले कार्यक्रम पहिलो बर्ष भन्दा सफल भएको र महिला दिदी बैनिहरुको बढदो सहभागीता ले संस्थालाई यसखाले कार्यक्रम गर्न हौसला बढेको बताउनु भयो । स्टोर्स बाट कार्यक्रममा उपस्थित सिता कोइरालाले बिगत १० - १५ बर्ष देखि अमेरिका मा रहे पनि तिजकार्यक्रम पहिलो पटक मनाउन पाएकोमा निकै खुशी भएको बताउनु भयो। वेष्ट हार्टफोर्ट बाट सहभागी आरती ज्ञवालीले नेपालमै भएको भान भाईरहेको बताउनु भयो । कार्यक्रममा नजिकका शहर हरु न्यूयोर्क र बोस्टोन बाट पनि नेपाली महिला हरुको उपस्थिती थियो ।
कुराकानी : बसन्त गौतम सँग
नेपाली इन्टरनेट जगतमा साहित्यमा चासो राख्नेहरु माझ बसन्त गौतमको परिचय गराइरहनु पर्दैन l बसन्त गौतम पेशाले इंजिनीयर हुनुहुन्छ l साहित्य तथा लेख रचनामा उहाँको कलम सशक्त रुपमा चलेको छ l साहित्यमा मात्र नभै उहाको कलम समसामहिक राजनैतिक अबस्थाको बारेमा पनि चल्ने गरेको छ l उहाँ संग sunmala.comले हाल सालै कुराकानी गरेको छ l
- तपाइको नेपाल बसाई कस्तो भैरहेको छ ?
राम्रो भईरहेको छ। दैनिक जीवनको कार्यतालिकालाई नियमित र सहज पार्न र यहाँको जीवनमा फेरि अभ्यस्त हुन केहि समय त अबश्यनै लाग्छ। लगभग एक महिना भयो म फर्केको, अब त धेरै मिलिसकेको छ।
- पहिला को नेपाल र अहिलेको नेपाल मा केही भिन्नता पाउनु भो की ?
धेरै मान्छेहरुले सोध्ने प्रश्न हो यो। सतहमा हेर्दा धेरै फरक देखिन्छ। हिजो राजतन्त्र थियो, आज गणतन्त्र छ। देशका सरकारी संरचनाहरु पनि त्यसै अनुसार सतहमा मात्रै परीवर्तीत भईरहेका देखिन्छन्। तर परीवर्तनले जुन सकारात्मक दिशा दिनसक्नुपर्थ्यो देशलाई, त्यो भने बिल्कुलै देखिँदैन। प्रणालीका संचालकहरु फेरिएपनि मूलभूत रुपमा हामी उही र उस्तै प्रणालीको ‘शिकार’ बनीरहेका छौं। हिजो शाशन गर्नेहरु र आजका हर्ताकर्ताहरुमा चारित्रिक भिन्नता छँदैछैन। सकारात्मक कुराहरुका लागि कहिल्यै सहमति नबने पनि भ्रष्टाचार गर्न र देशका स्रोत-साधनलाई नीजि र दलीय स्वार्थका लागि दुरुपयोग गर्न दल र नेताहरुका बीच जहिले पनि आम सहमति देखिन्छ। गाऊँ देखि राष्ट्रिय तहसम्म यो एउटा आम प्रवृत्ति बनेको छ। नीतिगत निर्णयहरु र नियुक्तिहरुमा पनि दलीय भागबण्डाको कुसंस्कृतिलाई स्थापित गरिसकिएको छ।
हङकङमा एउटा नेपाल छ
ऋशभ आत्रेय / देवराज राई
निशिमा राई हङकङ मा १० बर्ष अघि जन्मेकी हुन l उनलाई नेपाली बोल्न, लेख्न अनि पढ़न राम्रोसंग आउछ l नेपाली कथाका किताब उनी फरर पढ्न सक्छिंन l उनलाई मुनामदन सबै भन्दा राम्रो लागेको नेपाली किताब हो l नेपाली पढ़न लेख्न उनले स्कुल मै सिकेकी हुन l उनले पढने स्कुल मा नेपाली बिषय प्राथमिक स्तरसम्म पढाइ हुन्छ l
लामो समयदखि हङकङमा शिक्षण पेशा गर्दै आउनु भएका आमोद राईका अनुसार हङकङमा एक दर्जन भन्दा बढ़ी विद्यालयहरुले नेपाली भाषा पनि पढाउने गरेका छन l जस मध्य केहिले नेपाली नाम नै राखेका छन भने कही विद्यालयहरु नेपाली लगानी मा पनि संचालित छन l

